फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको नाका खोल्न चीनद्वारा निर्माण कार्य तीब्र गतिमा

(GMT+08:00) 2019-01-28 14:37:00

सिन्धुपाल्चोकको खासा तातोपानीस्थित नेपाल-चीन जोड्ने मितेरी पुल निर्माण सुरु भएको छ। चिनियाँ सरकारी कम्पनी 'तान् सुन रोड एण्ड ब्रीज कम्पनी'ले काम थालेको हो। ठूला दुई अत्याधुनिक उपकरण, ५ वटा एक्जाभेटर, स्यु क्यान प्रविधियुक्त रड, जस्ता सामाग्री प्रयोग गरेर मितेरी पुलको जग निर्माण भइरहेको कान्तिपुर अनलाइनले लेखेको छ।

'आउँदो चार महिनासम्म सक्नेछौं, मितेरी पुलको काम सकिसकेपछि अन्य भौतिक संरचनाको काम थालिनेछ ,' तान सुन एण्ड ब्रीज कम्पनीका ठेकेदार पुबीक्वीजीको भनाइ उद्धृत गर्दै कार्यरत एक चिनियाँ इन्जिनियरले भने। उनले चिनियाँ संस्कृति पात्रोअनुसार आउँदो 'मे' महिना कर्मचारी दिवस भएकाले त्यसदिन नाका खोल्ने केन्द्रीय सरकारको योजना रहेको जनाए। सुख्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगिसकेको छ।

पुल निर्माणको अलावा चाइना रेलवे कन्ट्रक्सन ग्रुप (सिआरसीसी)ले सडक र सुख्खा बन्दरगाहको संरचना बनाउने कार्यलाई तीव्रता दिएको छ। पुल, सडक र बन्दरगाह निर्माण हुन थालेपछि नाका खुल्ने आसले सीमावासी खुसी छन्। 'अब नाका खुल्छ रे त, यहाँ काम गर्न आउने चिनियाँ पनि त्यसै भन्छन्,' राजधानीबाट हालै फर्केकी भोटेकोसी गाउँपालिका कोदारीकी साङडोमा शेर्पाले भन्नुभयो। होटेल व्यवसाय गरेर परिवार धानिरहेकी शेर्पाले भूकम्प, भोटेकोसी बाढी र बर्खे पहिरोले लखेटेपछि राजधानी भागेको सुनाउनुभयो। काम थालनी भए पनि नाका खुल्ने, नखुल्ने अन्योलता अझै छ।

जानकारी तथा लेखहरु