फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका गृहमन्त्रीद्वारा नेपाली भूमि चीन विरोधी गतिविधिमा प्रयोग नुहने प्रतिवद्धता

(GMT+08:00) 2019-01-31 13:58:45

नेपालका गृहमन्त्री रामबहादुर थापा 'बादल' सँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत हौ यान्छीले हिजो बुधबार शिष्टाचार भेटवार्ता गर्नु भएको छ। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको अनलाइन खबरले लेखेको छ।

भेटमा गृहमन्त्री थापाले राजदूत हौलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गर्नुभयो।

थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता जनाउनुभयो। उहाँले राजदूत हौमार्फत चीनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो।

राजदूत हौले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास जनाउनुभयो।

उहाँले नेपालको सामाजिक र आर्थिक विकासका लागि चिन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत जनाउनुभयो। भेटमा राजदूत हौले गृहमन्त्री थापालाई चीन भ्रमणको समेत निमन्त्रणा दिनुभयो।

जानकारी तथा लेखहरु