फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा सूचना प्रविधि मेला क्यान इन्फोटेक २०१९ मंगलबारबाट सुरु

(GMT+08:00) 2019-02-05 13:33:29

काठमाडौंमा सूचना प्रविधि मेला क्यान इन्फोटेक २०१९ मंगलबारबाट सुरु भएको छ । मेलाको यो २५ औं संस्करण हो । भृकृटीमण्डपमा आयोजित मेलाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकल बाँस्कोटाले सरकारले डिजिटल नेपालको नारा लिएकाले यो क्षेत्रमा सरकारको ध्यान गएको बताउनुभयो ।

सूचना प्रविधि क्षेत्रलाई विकास गर्न विशेष आर्थिक क्षेत्र (सेज) मा पनि प्राथमिकता दिएको बताउनुभयो। कनेक्टिभिटीमा स्वदेशी व्यवसायीले ठेक्का लिए पनि समयमै काम गर्न नसकेको उहाँले बताउनुभयो।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आईटी क्षेत्रको कर घटाउनुपर्ने बताउनुभयो। अनावश्यक करले सेवाग्राहीलाई महँगो पर्ने गरेकोले व्यवसायीले पनि उपभोक्ताको सन्तुष्टितर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले सूचना तथा सञ्चार क्षेत्रमा सरकारी नीति र बजेट हुनुपर्ने बताउनुभयो। क्यान महासंघका महासचिव रञ्जित पोदारका अनुसार मेलामा १७५ स्टल छन् । अधिकांशले नयाँ सफ्टवेयर, हार्डवेयर, प्रविधि र अफररूहरू सार्वजनिक गरेका छन् ।

मेलामा रोबट ब्याटल मुख्य आकर्षण बनेको छ । मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ । मेलामा एकैथलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने जनाएको छ । मेला २० गतेसम्म चल्ने कान्तिपुरले लेखेको छ।

जानकारी तथा लेखहरु