फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशहरूको 'कन्ट्री स्पेसिफिक प्रोफाइल'

(GMT+08:00) 2019-02-08 15:27:25
नेपाल सरकारले नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएका १६३ देशको 'कन्ट्री स्पेसिफिक प्रोफाइल' तयार गरिरहेको जनाएको छ। विभिन्न देशहरुसँग नेपालको कस्तो सम्बन्ध छ र कुन देशसँग के अपेक्षा छ भन्ने विषयमा अध्ययन गरेर परराष्ट्र मन्त्रालयले प्रोफाइल तयार गर्दै गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो।

'सम्बन्धित देशसँग हाम्रो सम्बन्धको अवस्था के हो त ? सबैसँग एउटै अपेक्षा पनि हुँदैन', विहीबार संसदीय सुनुवाई समितिले आयोजना गरेको छलफलमा बोल्दै मन्त्री ज्ञवालीले भन्नुभयो, 'कुनै देशसँग व्यापार होला, कुनै देशसँग श्रमको, कसैसँग लगानीको सम्बन्ध होला।' यसरी तयार पारेको 'कन्ट्री स्पेसिफिक प्रोफाइल' सम्बन्धित देशका राजदूतले लिएर जाने र सोहीअनुसार गाइडेड हुनुपर्ने मन्त्री ज्ञवालीको जोड छ।

'कुन देशसँग हाम्रो अपेक्षा के हो ? यो कुरालाई ध्यानमा राखेर प्रोफाइल तयार गर्ने', मन्त्री ज्ञवाली भन्नुहुन्छ, 'अब राजदूतहरुले त्यो देशमा जाँदा त्यो प्रोफाइल बोकेर जानुपर्छ। त्यसको आधारमा गाइडेड हुनुपर्छ।

अब नेपालको ९० प्रतिशतभन्दा बढी कूटनीतिलाई आर्थिक कूटनीतिले समेट्ने मन्त्री ज्ञवालीले बताउनुभएको अनलाइनखबरले लेखेको छ। 'यदि त्यो विकसित देश हो भने त्यो देशबाट आधिकारिक सहायता हामी कति लिन सक्छौं, त्यो निर्क्योल गर्न सक्छौं', मन्त्री ज्ञवालीले भन्नुभयो।

सन् २०२२ सम्म अल्पविकसित राष्ट्रबाट माथि उठ्नलाई समेत सरकारले आर्थिक कुटनीतिलाई प्राथमिकता दिनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ।

जानकारी तथा लेखहरु