फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भ्यालेन्टाइन डेमा चितवनमा १३ औं फुड फेस्टिभल हुने

(GMT+08:00) 2019-02-08 15:31:06
चितवनको पर्यटकीय नगरी सौराहामा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसरमा १३ औं फुड फेस्टिभल हुने भएको छ। विगत १३ वर्षदेखि रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल(रेवान) सौराहा चितवनले आयोजना गर्दै आएको फेस्टिभल यसपटक फागुन २ गतेको भ्यालेन्टाइनको मौका छोप्दै माघ २८ गतेदेखि फागुन ३ गतेसम्म पाँच दिवसिय फेस्टिभल हुन लागेको हो।

फेस्टिभलका संयोजक ध्रुव गिरीका अनुसार सौराहाको सिसुवा चौरमा आयोजना गर्न लागिएको फेष्टिभलका लागि पुर्वाधार निर्माणको काम भइरहेको छ। फेष्टिभलमा यस वर्षदेखि प्लास्टिक कम प्रयोग गर्ने अभियानको थालनीसमेत गरिएको छ। यस पटकको फेस्टिभलमा थारु जातिको परम्परागत घर पनि बनाइँदैछ। फेष्टिभलमा ४० वटा खानाका र ५ वटा प्रदर्शनीको स्टल राखिनेछ। विभिन्न जातजातिको परम्परागत र प्रचलित खानाका परिकारहरू राखिने भएकाले जातीय भेषभुषामा सजिएर परिकारहरू पस्किने शैली यस पटकको फेस्टिभलमा अपनाइँदैछ।

फेस्टिभलमा प्रेमपत्र लेखन, सौराहामा रहेका रेष्टुरेन्टका वेटरबीच दौड, ९ वर्ष मुनिका बालबालिकाबीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला रंगाउने प्रतियोगिता गरिनेछ। रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले नगरस्तरीय भलिबल प्रतियोगिता पनि गरिने बताए। तरकारीहरूलाई आकर्षत तरिकाले प्रस्तुत गर्ने 'भेजिटेबल कार्भिङ' प्रतियोगिता पनि फेस्टिभलको आकर्षण हुनेछ। फेस्टिभलमा प्रणय दिवसबाहेकका दिनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु