फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले अब जारी गर्ने सवारी चालक अनुमतिपत्रले विदेशमा तीन महिनासम्म सवारी चलाउन सकिने

(GMT+08:00) 2019-02-09 13:39:36
सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतिपत्र (मोटर ड्राइभिङ लाइसेन्स)बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्ने भएको छ। नेपालले जारी गरेका लाइसेन्सबाट बढिमा तीन महिनासम्म विदेशमा सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको हो। यातायात व्यवस्थाले संघीय यातायात ऐनमार्फत् यस्तो व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो। अहिले मस्यौदाको क्रममा रहेको नयाँ विधयेकमा अन्तर्राष्ट्रिय सवारी चालक अनुमतीसम्बन्धि व्यवस्था (इन्टरनेशलन ड्राइभिङ पर्मिट) समावेश गर्न लागिएको उपाध्यायले बताउनुभयो।

विजमाण्डु अनलाइनका अनुसार नेपालबाट बाहिर जानेहरुका लागि र नेपाल आउने पर्यटकहरुका लागि सहज होस भनेर यस्तो व्यवस्था गर्न लागिएको हो। नेपाल घुम्न आएका विदेशी पर्यटक वा अन्य कामदारले यातायात व्यवस्था विभागअन्तर्गतको सवारी चालक अनुमतीपत्र कार्यालयले सम्बन्धित देशबाट लिएका लाइसेन्सलाई नेपालीकरण गरेर सवारी साधन चलाउन पाइन्छ। तर नेपालीले भने विदेशमा सवारी साधन चलाउन सम्बन्धित देश पुगेपछि आवश्यक प्रक्रिया पुरा गरेर त्यही देशको अनुमतिपत्र लिनुपर्छ। यो व्यवस्था कार्यान्वयनमा आएपछि नेपालीले विदेशमा तीन महिनासम्म नेपाली लाइसेन्सबाटै सवारी साधन चलाउन पाउँछन्। अहिले १ सय ६५ वटा देशले यस्तो व्यवस्था कार्यान्वयन गरेका छन्। नयाँ ऐन बनेपछि विभागले यो प्रक्रियाको सहजीकरणका लागि छुट्टै निकाय तोक्ने उपाध्यायले बताउनुभयो।

जानकारी तथा लेखहरु