फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्युतीय बस किन्ने प्रक्रियामा ढिलाइ

(GMT+08:00) 2019-02-10 15:02:28

सरकारले ३०० वटा विद्युतीय बस किन्ने निर्णय गरेपनि खरिदको तयारी नै सुरु गरको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातमा आफ्नो उपस्थिति देखाउने भन्दै नयाँ वर्षबाट विद्युतीय बस चलाउने भनेपनि अहिलेसम्म मन्त्रिपरिषदबाट सैद्दान्तिक स्वीकृति लिनेबाहेक काम नभएको अनलाइनखबरले लेखेको छ।

मन्त्रालयका अनुसार हालसम्म कस्तो विद्युतीय बस किन्ने भन्ने 'स्पेशिफिकेशन' नै तयार भएको छैन। नयाँ वर्ष आउन अब दुई महिनामात्रै बाँकी रहँदा पनि कस्तो बस किनेर कसरी सञ्चालन गर्ने भन्ने नीतिगत प्रस्तावसम्म तयार भएको छैन।

यो अवस्थामा नयाँ वर्षमा नै बस किनेर चलाउन नसकिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटा बस खरिदबारे छलफल अघि बढिसकेको बताउनुभयो। मन्त्रालयले यस्तो प्राविधिक विषयमा अध्ययन गर्न एउटा समिति बनाउने भनेको छ । तर, हालसम्म यस्तो समिति गठन नभएकाले कहिले समिति बनेर अध्ययन प्रतिवेदन तयार हुन्छ भन्ने टुंगो छैन।

त्यसका आधारमा टेण्डर प्रक्रिया अघि बढाउँदा पनि कम्तीमा अरु तीन महिना समय लाग्छ। यस्तो अवस्थामा सरकारले भनेजस्तो नयाँ वर्षमै विद्युतीय बस ल्याउन कठिन हुने मन्त्रालयका अधिकारीहरु बताउँछन्।सरकारले कुनै देशसँग जी-टू-जी तवरबाट बस खरिद गरे मात्रै समय कम लाग्नेछ। तर, हालसम्म यस्ता बस कस्तो मोडलमा किन्ने भन्ने निर्णय पनि हुन सकेको छैन। विद्युतीय सवारीको चर्चा चुलिए पनि पूर्व तयारीका लागि चार्जिङ स्टेशन तयार गर्न पनि सरकारको ध्यान पुगेको छैन। विजुली बस चल्न थालेपछि उपत्यकामा वायुप्रदुषण र सार्वजनिक सवारीमा यात्रुलाई हुने सास्ती घट्ने अपेक्षा सरकारको छ।

जानकारी तथा लेखहरु