फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माथिल्लो त्रिशुली थ्री बी को ऊर्जामन्त्री पुनद्वारा शिलान्यास

(GMT+08:00) 2019-02-11 14:21:37

३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली 'थ्री बी' जलविद्युत् आयोजनाको उर्जामन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको छ। आइतबार नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा मन्त्री पुनले आयोजनाको शिलान्यास गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ। नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानी रहेको आयोजना २०७७ फागुनमा निर्माण सम्पन्न गर्ने लक्ष लिइएको छ।

कार्यक्रममा मन्त्री पुनले नेपाललाई आन्तरिक प्रयोजनका लागि १० हजार मेगावाट बिजुली आवश्यक रहेको भन्दै हिउँदमा १० हजार मेगावाट उत्पादन हुन कम्तीमा पनि १५ हजार मेगावाट उत्पादन हुने आयोजना निर्माण गर्नुपर्ने बताउनुभयो।

इञ्जिनीयरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङसँग २९ माघ २०७४ मा एक अर्ब ९१ करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो–मेकानिकल र हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको ढाँचा, निर्माण तथा जडान गर्नेछ।

नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए को क्यास्केड आयोजना हो। क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्री बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन।

जानकारी तथा लेखहरु