फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरा पर्यटन परिषद्ले हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने

(GMT+08:00) 2019-02-11 14:24:04
पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने भएको छ। पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार आयोजित समापन समारोहमा परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भारतीय पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन सुझाव दिएको बताउनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

नेपाल भारतको काँकडभिट्टा सीमानाका नजिकैको चन्द्रगढी विमानस्थलबाट पोखरा सीधा हवाई सम्पर्क नभएकोप्रति त्यहाँका पर्यटन व्यवसायीको गुनासो भएको बताउँदै अध्यक्ष पोखरेलले सीधा हवाई सेवाका साथै त्यहाँसम्म पुग्ने बाटो पनि स्तरोन्नति गर्न पहल गरिने धारणा राख्नुभयो।

सहभागी टोलीका सदस्यलाई अध्यक्ष पोखरेल र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सहभागिताको प्रमाणपत्र प्रदान गरे।

जानकारी तथा लेखहरु