फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमालय एयरलाइन्सको एउटा विमान भाडामा लगाइने

(GMT+08:00) 2019-02-13 14:46:47

नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले एउटा एयरबस ३२० विमान भाडामा लगाउने तयारी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधारित रहेर अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालयले पूर्व घोषित योजनाअनुसार बजार लिन संघर्ष गरिरहँदा एउटा विमान भाडामा दिन लागेको नेपाल खबर अनलाइनले लेखेको छ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, 'छोटो समयका लागि भाडामा दिने कि भनेर कुरा उठेको छ। भाडाको मोडालिटी तय भइसकेको छैन।' कम्पनीले ओमान एयरलाई तीन महिनाका लागि एयरबस ए-३२० सिरिजको विमान भाडामा दिन लागेको हो।

छोटो समयका लागि एउटा एयरलाइन्स कम्पनीले अर्को एयरलाइन्स कम्पनीसँग भाडामा लिनेदिने प्रचलन विश्वभर रहेको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ। 'यस्तो अभ्यास अन्तर्राष्ट्रिय रुपमै प्रचलनमा छ। हामीले त्यही गर्न लागेका हौं। यो निकै छोटो समयका लागि मात्र हुनेछ', उहाँले भन्नुभयो।

हिमालयसँग एयरबस ए–३२० सिरिजका तीन वटा विमान छन्। हिमालयले विमानस्थल शुल्कबापतको १४ करोड रुपैयाँ त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल तिर्न बाँकी छ। चार वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको यो वायु सेवासँग १५८ सिट क्षमताका तीन विमान छन्। ती प्रत्येक विमानमा ८ बिजनेस र १५० इकोनोमीमी क्लास सिटहरू छन्।

जानकारी तथा लेखहरु