फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

(GMT+08:00) 2019-02-14 13:52:16

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हौ यान्छीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपालको सत्तारुढ प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गर्नु भएको छ। हिजो बुधबार बिहान खनाल निवास डल्लु पुगेर नवनियुक्त राजदूत यानछीले शिष्टाचार भेटवार्ता गर्नु भएको हिमालय पोष्ट अनलाइनले लेखेको छ।

राजदूत यानछीलाई स्वागत गर्दै नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिनुभयो। उहाँले नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध र आपसमा सरसहयोग हुँदै आएको कुरा अवगत गराउनुभयो। खनालले राजदुत यानछीलाई कार्यकाल सफलताको शुभकामना दिँदै आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र विकासको लागि अझ फराकिलो दायरामा सरसहयोग प्राप्त हुने कुरामा आफु विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो। साथै खनालले नेपाल एक चीन नीतिमा दृढ रहेको र नेपालमा कुनै पनि चीनविरोधी क्रियाकलाप हुन नदिने प्रतिवद्धता व्यक्त गरेको स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो।

चिनियाँ राजदुत हौले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गदै नेपाल– चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धिमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

उक्त भेट कार्यक्रममा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधर पनि सहभागी हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु