फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोर्दी–१ को काम एक वर्षमै

(GMT+08:00) 2019-02-15 16:44:45

लमजुङको दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजनाको काम एक वर्षभित्रै सक्ने गरी निर्माण कार्य तीब्र बनाइएको छ। आयोजनाको आगामी मंसिरमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको अन्नपूर्ण पोष्ट अलनाइनले लेखेको छ।

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजनाको ३० प्रतिशत निर्माण कार्य सकिएको हो। २०७४ चैतबाट निर्माण थालिएको आयोजना लमजुङ विद्युत् विकास कम्पनी लिमिटेड (लेड्को) को प्रवद्र्धनमा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ। आयोजनाका प्रोजेक्ट म्यानेजर उज्ज्वल सिलवालका अनुसार, आयोजनाले गत चैतबाट हेडवक्र्सअन्तर्गत डिस्यान्डर, बाँध र इन्टेकको निर्माण थालेको थियो। कूल २ हजार ५ सय २० मिटर सुरुङमध्ये एक हजार मिटर सुरुङ खनिसकिएको छ। सुरुङबाट ल्याइएको पानी ७ सय मिटर पेनस्टक पाइपबाट विद्युत् गृहमा खसालिनेछ।

आयोजनाको सिभिल संरचना र सुरुङ निर्माणको काम माउन्टेन इन्फ्रा कम्पनीले गरेको छ। हाइड्रो मेकानिकलको काम मेगा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनी र इलेक्ट्रो मेकानिकलको काम बी फोर्सेस लिमिटेडले गरेको आयोजनाले जनाएको छ। आयोजनाको ग्रस हेड १ सय ३२ मिटर छ। खोलाको बहाव ११ दशमलव ३६ क्यूसेक रहेको आयोजनाले जनाएको छ। ढोडेनीको काल्चोबेंसीमा बाँध बाँधेर मालेबगरमा रहेको विद्युत् गृहमा पानी खसालिने छ। विद्युत् गृहमा ६÷६ मेगावाटका २ वटा टर्बाइन घुमाएर विद्युत उत्पादन गरिने भएको छ। यो रन अफ रिभर प्रकृतिको आयोजना हो।

दोर्दी खोलाको ११ दशमलव ३६ क्यूसेक बहावलाई दोर्दी गाउँपालिका ६ ढोडेनीको काल्चेबेंसीमा बाँध बाँधेर मालेबगरमा निर्माण गरिने विद्युत् गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ। उत्पादित विद्युत् ढोडेनीको कीर्तिपुरबेंसीस्थित सबस्टेसनमा जोडिने छ। कीर्तिपुरबेंसी सबस्टेसनसम्म ३ दशमलव ५ किलोमिटरको प्रसारण लाइन आयोजना आफैंले निर्माण गर्नेछ।

सानिमा बैंकको मुख्य लगानी रहने उक्त आयोजनामा लक्ष्मी बैंक, महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक र कैलाश विकास बैंकले गरी ७५ प्रतिशत ऋण लगानी गर्नेछन्।

प्रवद्र्धकले २५ प्रतिशत लगानी गर्नेछ। अयोजना निर्माण गर्न २ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाले २०७१ कात्तिकमा नेपाल विद्युत् प्राधिकरणसँग वर्षायामको समय प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ।

जानकारी तथा लेखहरु