फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरो ४ मापदण्डका सवारीसाधन मात्रै आयात र दर्ता गर्ने नेपालको तयारी

(GMT+08:00) 2019-02-21 15:37:10
सरकारले युरो ४ मापदण्ड कायम गरेर मात्रै सवारीसाधन आयात र दर्ता गर्ने योजनाका साथ तयारी सुरु गरेको छ। आगामी आर्थिक वर्षबाट युरो ४ मापदण्ड कायम गर्ने गरी वन तथा वातावरण मन्त्रालयले गृहकार्य गरिरहेको छ। मन्त्रालयले मापदण्ड कायम गर्नका लागि प्रारम्भिक ड्राफ्ट समेत तयार पारिसकेको छ।

मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा कार्यदल बनाएर प्रारम्भिक ड्राफ्ट तयार पारिएको हो । अहिले सरोकारवाला निकाय, अटो व्यवसायी, यातायात लगायतका निकायसंग निरन्तर छलफल गरिरहेको मन्त्रालयले जनाएको छ।

सबै निकायसंग छलफल गरेर उक्त ड्राफ्टलाई फाइनल गरिने मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुङगानाले जानकारी दिनुभयो।

अहिले बनेको प्रारम्भिक ड्राफ्ट अनुसार दुई पाङग्रे, चार पाङग्रे सबै सवारीसाधनका लागि यो मापदण्ड लागु हुन्छ। सरोकारवाला सबै निकायसँग छलफल गरेर फाईनल भएपछि मन्त्रीस्तरीय निर्णयबाट मापदण्ड कायम गर्ने निर्णय हुनेछ।

विकसित र युरोपेली राष्ट्रहरु सवारी साधनमा युरो मापदण्ड ६ सम्म अपनाउन थालिसकेका छन् । नेपालमा गाडी आयात गरिने छिमेकी देश भारतले समेत युरो मापदण्ड ४ भन्दा कमका सवारीसाधन दर्तामा रोक लगाइसकेको छ। भारतले सन् २०२० सम्ममा युरो मापदण्ड ६ कायम गर्ने घोषणा गरिसकेको छ। हाल नेपालमा सवारीसाधन आयात गर्दा युरो ३ मापदण्ड अनिवार्य गरिएका कारण सोही मापदण्डको सवारीसाधन भित्रिइरहेका छन्। बिजमाण्डु अनलाइनका अनुसार युरो ४ मापदण्डका सवारीसाधन वातावरणीय दृष्टिकोणले उत्कृष्ट मानिन्छ। वातावरण मन्त्रालयका मेकानिकल इन्जिनियर तुलसी नारायण महर्जन अनुसार युरो मापदण्ड सवारीसाधनले उत्सर्जन गर्ने हानिकारक ग्यासको तह हो।

जानकारी तथा लेखहरु