फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा हुने खाद्य मेलामा जातीय परिकारहरू पनि राखिने

(GMT+08:00) 2019-02-21 15:38:17
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा खाद्य मेला आयोजना हुने भएको छ। 'परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरौ: असल पोषणका लागि खाने बानीमा सुधार गरौँ' भन्ने नाराका साथ फागुन १०, ११ र १२ गते भृकुटीमण्डप बगैँचामा मेला आयोजना गर्न लागिएको हो। विभागले विज्ञप्ति जारी गर्दै खानेबानी सुधारका लागि हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पाइने र प्रचलनमा रहेका पोषिला खाद्य वस्तु र परिकारहरुको प्रचार प्रसार गर्ने उद्देश्य राखिएको जनाएको छ।

खाद्य प्रविधि तथा पोषणको क्षेत्रमा अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारहरुको प्रवर्द्धन गर्ने, स्वेदेशी खाद्य उद्यम तथा व्यवसायीहरुद्धारा उत्पादित खाद्य वस्तुको प्रवर्द्धन गर्ने, वैज्ञानिक तथा नवीनतम खाद्य प्रविधि तथा खाद्य पोषण सम्वन्धी सूचना आदान प्रदान, कृषक खाद्य उद्यमी व्यवसायी एवम नियामक निकायका र उपभोक्ताहरुवीचमा सम्वन्ध स्थापना गर्ने उद्देश्य राखिएको छ।

मेलामा नेवारी, थारु, तामाङलगायतका विभिन्न जातजातिका परम्परागत तथा स्थानीय उत्पादनमा आधारित परिकारसहितका १५ स्टल रहनेछन्। विभिन्न शिक्षण संस्था पोषण तथा मधुमेह सम्बन्धि पेशागत संस्थालगायत परामर्शदाता, मेशिनरी औजार र खाद्य योगशिल सम्बन्धी विभिन्न संघ संस्थाका जानकारीमूलक २२ स्टल रहनेछन्। अचार र अल्पप्रचलनमा रहेका खाद्यान्न, बेकरी, चिप्स, भुजिया जस्ता विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री गर्ने गरी ३८ स्टलसहित कुल ७५ स्टल रहने बिजमाण्डु अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु