फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी राष्ट्रपतिद्वारा पन्ध्रौं रुसी संघीय सम्मेलनमा राष्ट्रिय मामिला सम्बन्धी सम्बोधन

(GMT+08:00) 2019-02-21 15:42:51
स्थानीय समय अनुसार फेब्रुअरी बीस तारिख रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी संघीय सम्मेलनमा वार्षिक राष्ट्रिय मामिला सम्बन्धी सम्बोधन गर्नुभएको छ। उहाँको सम्बोधनमा ठोस रुपमा सन्2019 मा आन्तरिक र विदेशी नीतिको व्याख्या, यी मध्ये नागरिक जीवनयापन र कूटनीति लगायत विषयले विभिन्न पक्षको ध्यानाकर्षण गरेको छ।

राष्ट्रपतिको पदमा रहेर पुटिनले गरेको यो पन्ध्रौं सम्बोधन हो। उहाँले नागरिक जीवनयापन, वैज्ञानिक तथा प्राविधिक, संस्कृति, राष्ट्रिय रक्षा, कूटनीति आदि विषयबारे भविष्यमा रुसको दिशाबारे जानकारी दिनुभएको छ।

नागरिकको घर सुधार्ने, जन्म दर उकास्ने, कर कटौती, गरिवी निवारण, अवकाशप्राप्त नागरिकको वृद्ध भत्ता, स्वास्थ्य र चिकित्सा सुधार आदि विषयमा रुस संघीय सरकारले सन् 2019 मा प्राथमिकतामा राखेका विषय हुन्।

जानकारी तथा लेखहरु