फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक नम्बरको दस्तावेज"बाट सार्वजनिक संकेत

(GMT+08:00) 2019-02-21 15:43:55
चीनले अस्ति फेब्रुअरी 19 तारिख चालू वर्षको पहिलो दस्ताबेज "कृषि तथा ग्रामीण क्षेत्रलाई प्राथमिक विकासमा राख्ने,ग्रामीण क्षेत्र,कृषि तथा किसानहरु सम्बन्धी कार्य राम्रोसँग गर्ने सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राज्य परिषदका अनेकन मत जिज्ञासा" सार्वजनिक गरी बितेका 16 वर्षदेखि निरन्तर रुपमा ग्रामीण क्षेत्र,कृषि तथा किसानलाई ध्यान दिँदै आएको छ। चालू वर्षको "एक नम्बरको दस्तावेज"ले पहिलेभन्दा अरु बढी सुधार तथा खुलापनको वातावरण ल्याएको छ।

अन्नबालीको सुरक्षा चीनको ग्रामीण क्षेत्र,कृषि तथा किसान सम्बन्धी मामिलाको आधारभूत तत्व हो। विश्वको दश प्रतिशत क्षेत्रफल रहेको खेतीबाट चीनले विश्वका करीब बीस प्रतिशत जनसंख्या पालन गरेको छ। त्यसैले यस दस्तावेजमा अन्नबालीको सुरक्षालाई मजबुद पार्नुपर्ने कुरामा जोड दिइएको छ।

यसका साथै एक अर्ब चालीस करोड चिनियाँको दिन प्रतिदिन बढ्दै आएको अन्नबालीको मागलाई लक्षित गर्दै सो "एक नम्बरको दस्तावेजमा चीनमा अभाव ठानिएका कृषि वस्तुहरुको आयात मात्रालाई बढाउनुपर्ने विषय पनि प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु