फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी राष्ट्रपतिले चीन-रुस सम्बन्धमा गरेको मूल्याङ्कनको चीनद्वारा प्रशंसा

(GMT+08:00) 2019-02-21 18:43:18
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज फेब्रुअरी एकाईस तारिख नियमित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन-रुस सम्बन्धको सक्रिय मूल्याङ्कन गर्नुभएकोमा उच्च प्रशंसा गर्नुभएको छ।

रुसी राष्ट्रपति पुटिनले हालै राष्ट्रिय मामिला सम्बन्धी सम्बोधनमा रुसले रुस-चीन सम्बन्धको विकासमा ध्यान दिंदै जाने बताउँदै रुस र चीनबीचको समान आपसी हितयुक्त दौत्य सम्बन्ध नै अन्तर्राष्ट्रिय मामिलामा स्थिर महत्वपूर्ण कारकतत्व भएको औंल्याउनुभयो। आर्थिक सहयोगका क्षेत्रमा चीन र रुसबीचको सहयोग नमूना रहेको भन्दै यो युरोप र एशियाको क्षेत्रीय सुरक्षाको संरक्षण गर्न हितयुक्त रहेको पनि सम्बोधनका क्रममा उहाँले बताउनुभयो।

केही वर्षयता चीन र रुसका राष्ट्रानायकको नेतृत्वमा चीन-रुस सम्पूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धमा दिगो विकास हुँदै आएको छ भने विश्वको रणनैतिक स्थिरताको संरक्षण गर्न विशाल सकारात्मक शक्ति दिएको प्रवक्ता कङ्ग श्वाङ्गले बताउनुभयो।

जानकारी तथा लेखहरु