फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा'नेपाल लगानी सम्मेलन २०१९' सम्बन्धमा पूर्वसम्मेलनको आयोजना

(GMT+08:00) 2019-02-27 15:28:18

पैचिङस्थित चीनका लागि नेपाली दूतावासले फेब्रवरी २५ मा 'नेपाल लगानी सम्मेलन २०१९' सम्बन्धमा पूर्व-सम्मेलनको आयोजना गरेको छ।

उक्त सम्मेलनमा स्वागत मन्तव्य राख्दै राजदूत लीलामणि पौडेलले नेपालमा राजनैतिक स्थिरता र आर्थिक समृद्धिको नयाँ अध्याय शुरूसँगै लगानीको वातावरण बनिसकेको र नेपाल आशलाग्दो सम्भावना बोकेको लगानी गन्तव्य भएको बताउनुभएको छ। कार्यक्रममा नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानी सम्बन्धमा उपस्थित चिनियाँ कम्पनीहरुलाई ठोस जानकारीसहित तथ्यांक प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा चिनियाँ लगानीकर्ता, लगानीका लागि इच्छुक व्यापारी र नेपालको तर्फबाट कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राजदूत लीलामणि पौडेलबीच नेपालमा लगानी सम्भावना सम्बन्धमा सामूहिक छलफलको पनि आयोजना गरिएको थियो।

जानकारी तथा लेखहरु