फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु च्यान प्रतिनिधि मण्डलको समीक्षा बैठकमा राष्ट्राध्यक्ष सी

(GMT+08:00) 2019-03-11 09:25:40

मार्च ३ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फु च्यान प्रान्तीय प्रतिनिधि मण्डलको समीक्षा बैठकमा भाग लिनुभएको छ।

सो बैठकमा लै चिनयु, चाङ लिनशुन लगायत ८ जना प्रतिनिधिहरूले सम्बोधन गर्दै गरिबी निवारण, सुन्दर गाउँको निर्माण, दूर समुद्री मत्स्य व्यवसायको विकास, डिजिटल चाइनाको निर्माण, खुलापनको विस्तार लगायतका विषयबारे राय-सुझाव दिएका छन्।

नवीन सुधारबाट चिनियाँ मार्काको विकास भन्ने विचारबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभएको छः 'वस्तुगत अर्थ लगाउँदा मनैदेखि शुद्ध भएर आफ्नो काममा ध्यान दिएर राम्रोसँग गर्नु नै हामीले गर्नुपर्ने काम हो।'

राष्ट्राध्यक्ष सीले दिनुभएको महत्वपूर्ण सम्बोधनमा फु च्यानमा स्थिरताका साथ सवृद्धि, सुधारको प्रवर्द्धन, बनौटको परिवर्तन तथा जनजीवनसँग घनिष्ट सम्बन्धको सुधार, खतराको प्रतिरक्षा र स्थिर अवस्थाको संरक्षणको सामञ्जस्य गर्नुपर्छ। विकासको राम्रो वातावरण सिर्जना गर्दा अझ धेरै उपलब्धि हासिल गर्ने आशा गरिएको छ। थाइवान जलडमरूका दुई किनाराबीचको संयुक्त विकास र सम्पन्न समाजको सर्वाङ्गीण निर्माण पूरा गर्नको लागि बलियो जग बसाल्नुपर्छ।

नवीन, सिर्जना तथा उद्योग खोल्ने कामको लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्छ। जसबाट विश्वमा नवीन क्षेत्रमा चीनको प्रभावलाई ठूलो पार्ने अपेक्षा छ। ती ३ वटा क्षेत्रमा असर पारिएका प्रणालीवद्ध वा संस्थागत समस्याको समाधान गर्नुपर्छ। विशेष गरी, स-साना तथा मझौला खालका उद्यमहरू तथा युवा-युवतीले उद्यम खोल्नको लागि शर्त सिर्जना गर्नुपर्छ। गैर-सरकारी अर्थको विकास, प्रोत्साहन सम्बन्धी नीति तथा कदमको कार्यन्वयनलाई सबल पार्नुपर्छ। विविध किसिमका उद्यमहरूको लागि न्यायोचित, निष्पक्ष, पारदर्शी वातावरण सिर्जना गर्नुपर्छ। अन्तर्राष्ट्रिय दृष्टिकोण भएका आशातीत लक्ष्य प्राप्त गर्ने उद्यमी टोली गठन गर्नुपर्छ। विशेष आर्थिक क्षेत्र, स्वतन्त्र व्यापार परिक्षात्मक क्षेत्र तथा मिलिजुली परिक्षण क्षेत्र तथा २१औं शताब्दी समुद्री सिल्क रोड केन्द्रिय क्षेत्र भन्ने फु च्यान प्रान्तका विविध भूमिका निर्वाह गर्दै खुला ढाँचाको अर्थतन्त्र भन्ने मोडल बनाउँदा चीनमा अग्रस्थानमा पुग्ने इच्छा पनि गरिएको छ।

ताइवान जलडमरूका दुई किनाराको संयुक्त विकास भन्ने नयाँ बाटोमा अध्ययन गर्दै फु च्यानलाई ताइवान देशबन्धुहरूले लगानी गर्ने प्रथम छनौट बनाउनुपर्छ। साथै ताइवानसँगको सांस्कृतिक आदानप्रदानलाई पनि अघि बढाउँदै जनता केन्द्रित विकास विचारलाई फैलाउनुपर्छ। यसका अतिरिक्त, ताइवानलाई लाभान्वित पार्ने कदमहरू के के हुन भन्ने अध्ययन गर्दै जे गर्नसकिन्छ त्यति कदमलाई व्यवहारमा उतार्नुपर्छ।

पुरानो क्रान्तिकारी अखडालाई सम्पन्न समाजमा लैजाने काम राम्रोसँग गर्नुपर्छ। ती क्षेत्रहरूमा कोही पनि पछि नछोडिने गरी सटिक लक्ष्यसहित गरिबी निवारण गर्नुपर्छ। ती क्षेत्रहरूको विकास गर्दा दीर्घकालीन विकास भन्ने दृष्टिकोण लिनुपर्छ जुन आर्थिक विकास तथा पर्यावरणीय संरक्षणलाई सन्तुलित पार्नुपर्छ। नीलो आकाश, हरित पानी तथा स्वच्छ जमीन भन्ने पर्यावरणीय संरक्षण युद्धलाई जित्नुपर्छ।

जानकारी तथा लेखहरु