फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घरेलु उद्योग महोत्सवमा १३ करोडको कारोबार

(GMT+08:00) 2019-03-11 19:24:12
राजधानी काठमाण्डुमा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा चौथो दिन आइतबारसम्म १३ करोड १५ लाख रुपियाँ बराबरको कारोबार भएको छ। आइतबारसम्म मेलामा तीन लाख २२ हजार अवलोकनकर्ताले अवलोकन गरिसकेको गोरखापत्रअनलाइनले लेखेको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा शुरु भएको उक्त मेला आगामी मङ्गलबारसम्म चल्ने छ। आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ गरिएको प्रदर्शनीको मुख्य नारा 'नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं र 'उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल'भन्ने रहेको छ।

उक्त मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो।

बिहीबार २० हजारले अवलोकन तथा ५० सवा करोडको कारोबार, शुक्रबार ५० हजारले अवलोकन तथा तीन करोड रुपियाँको कारोबार, साथै शनिबार एक लाख १७ हजारले अवलोकन तथा छ करोड रुपियाँ बराबरको कारोबार भएको थियो भने आईतबार दुई करोड ९० लाखको कारोबार भएको छ भने एक लाख ३५ हजारले अवलोकन गरेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रबर्द्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको बताए।

पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल छन्।

जानकारी तथा लेखहरु