फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारले सामुहिक खेती उत्पादनलाई जोड दिने

(GMT+08:00) 2019-03-11 19:25:58
काठमाण्डुमा आईतबारदेखि सुरु भएको किसान सम्मेलनमा कृषि मन्त्री चक्रपाणी खनालले किसानहरुको हक अधिकारलाई सरकारले महत्व दिएको उल्लेख गर्दै कृषि क्षेत्रको विकासका लागि सामुहिक खेती उत्पादनमा जोड दिएको बताउनुभएको छ।

किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन सम्मेलनको आयोजना गरिएको नागरिकन्यूजले लेखेको छ। किसानको समृद्धि, कृषि रुपान्तरण, उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न र कृषिमा प्रविधिको प्रयोगलाई सम्मेलनले जोड दिएको छ। गरीब निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता दीगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गुर्न पर्नेमा समेत सम्मेलनले जोड दिएको छ। तर किसानका लागि सरकारले अनुदान, बिमा, सामाजिक सुरक्षाको ब्यवस्था गरेपनि कृषिकले पाउन नसकेको भन्दै सम्मेलनका सहभागीहरुले जमिन सरकार मातहत राख्न सुझाब दिएका छन्।

कृषि क्षेत्रलाई आत्मनिर्भरका साथै आधुनिकिरण गर्ने बहस भएपनि कृषकहरुको समस्या भने ज्यूका त्यू छ। कृषि सामाग्रीहरुले उचित वजार मुल्य नपाउने समस्या कृषकहरुले व्यहोर्दै आएका छन्।

जानकारी तथा लेखहरु