फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फेब्रवरीमा चीनबाट १६,२०५ पर्यटक नेपाल भित्रिए

(GMT+08:00) 2019-03-11 19:38:25

नेपाल पर्यटन बोर्डले मार्च ११ तारिख फेब्रवरी महिनामा नेपाल पर्यटन गर्ने पर्यटकको तथ्याङ्क सार्वजनिक गरेको छ। उक्त रिपोर्ट अनुसार, फेब्रवरीमा समग्रमा १ लाख २४ हजार ४ सय २१ जना पर्यटक नेपाल भित्रिएका छन्। जुन गत वर्षको सोही अवधिको दाँजोमा ३९ प्रतिशतले वृद्धि भएको छ।

अध्यागमन विभागका अनुसार, वायुमार्गबाट ९७,६९४ र भूमार्गबाट २६,७२७ जना पर्यटक भित्रिएका छन्। फेब्रवरीमा भारतबाट १४,५७१ पर्यटक भित्रिएका छन् भने समग्रमा सार्क राष्ट्रका पर्यटकमा गत वर्षको सोही अवधिको दाँजोमा ८५ प्रतिशतले वृद्धि भएको छ।

त्यसै गरी चिनियाँ पर्यटकको संख्या पनि गत वर्षको सोही अवधिको दाँजोमा ५.३ प्रतिशतले बढेको छ। फेब्रवरीमा चीनबाट १६,२०५ पर्यटक भित्रिएका छन्। रिपोर्ट अनुसार, फेब्रवरीमा चीन र श्रीलङ्काबाट भित्रिएका पर्यटकको संख्या भारतको भन्दा बढि छ। फेब्रवरीमा श्रीलङ्काबाट १४,८३१ पर्यटक भित्रिएका छन्।

जानकारी तथा लेखहरु