फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुल्यो अन्नपूर्ण पदमार्ग

(GMT+08:00) 2019-03-13 15:47:37
हिमपातले डेढ महिनादेखि अवरुद्ध विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ। मनाङबाट थोराङला पास (५,४१६ मि. उचाई) गरी पर्यटक जान थालेका छन्।

पदमार्ग खुलेसँगै पर्यटकीय चहलपहल बढेपछि व्यवसायी खुसी भएका छन्। माघ ९ गतेदेखि परेको हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गको मनाङस्थित दानाक्युदेखि मुस्ताङको मुक्तिनाथसम्म बाटो अवरुद्ध रहेको गोरखापत्रअनलाईनले लेखेको छ। माथिल्लो मनाङस्थित होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङले डेढ महिनादेखि पर्यटक आगमन शून्य जस्तै देखिएकोमा बाटो खुलेपछि चहलपहल बढेको बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक क्षेत्र गुरुङले मंगलबार १६ जना विदेशी पर्यटकले थोराङ्ला पास गरेको बताए। गत सोमबार १० जना पर्यटकले पास गरेको थियो।

एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले पदमार्ग अवरुद्ध हुँदा सयौं पर्यटक फर्किएको भन्दै पदमार्ग खुलेपछि पर्यटकको आगमन हुन थालेको बताए।

पछिल्लो एक साताको अवधिमा मात्रै ४६० जना पर्यटक मनाङ आएका थिए भने पदमार्ग अवरुद्ध हुँदा केही फर्किएका थिए।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ। यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुंग्याउने गरेका छन्।

जानकारी तथा लेखहरु