आज विश्व मृगौला दिवस, नेपालमा विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठनले मार्च महिनाको दोस्रो बिहिबारलाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।
दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ।
कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।