फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समुदायद्वारा सिन च्याङको मानव अधिकार कार्यको विकासको सक्रिय मूल्याङ्कन

(GMT+08:00) 2019-03-15 15:51:58
सँयुक्त राष्ट्र सँघीय मानव अधिकार परिषदको ४०औं सम्मेलनको अवधिमा मार्च १३ तारिखका दिन जेनेभास्थित सँयुक्त राष्ट्र सँघको चिनियाँ आबासीय प्रतिनिधि मण्डल तथा चिनियाँ मानव अधिकार अनुसन्धान परिषद्ले जेनेभामा" सिन च्याङको मानव अधिकार कार्यको विकास उपलब्धि" विषयक सम्मेलनको सँयुक्त रुपमा आयोजना गरेका छन्।

जेनेभास्थित सँयुक्त राष्ट्र सँघको चिनियाँ आबासीय कार्यालय तथा स्विजर्ल्याण्डस्थित अरु अन्तर्राष्ट्रिय सँगठनका लागि चिनियाँ प्रतिनिधि यु चेन ह्वाले आजको सिन च्याङ इतिहासमा सबैभन्दा तिव्र विकास भएको तथा सबैभन्दा स्थिर अवधिमा रहेको भन्दै चीन सरकारले आतङ्कवाद तथा उग्रवादमाथि प्रहार गरेको कुराबाट वर्तमान सिन च्याङको समृद्धि तथा स्थिरताका लागि दरिलो जग बसालिएको व्यक्त गर्नुभयो।

सिन च्याङको भ्रमण गरेका केही विदेशी कूटनीतिज्ञले सिन च्याङको भ्रमण एकदम उत्साहपूर्ण रहेको भन्दै सिन च्याङको विकास, समृद्धि तथा स्थिरताले मनमा गहिरो छाप परेको बताएका छन्।

७० वटा भन्दा बढी मुलुकका कुटनीतिज्ञ, अन्तर्राष्ट्रिय सँगठनका अधिकृत तथा सम्बन्धित गैर-सरकारी सँगठनका प्रतिनिधिहरु लगायत करिब २०० व्यक्ति उक्त सम्मेलनमा सहभागी भएका थिए।

जानकारी तथा लेखहरु