फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका सम्बन्ध अघि विकसित हुँदै जाने प्रवृत्ति परिवर्तन नभएको प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2019-03-15 15:53:00
चीनका प्रधानमन्त्री ली ख छ्याङले चीन-अमेरिका सम्बन्ध अगाडि लम्कंदै जाने प्रवृत्तिमा कुनै पनि परिवर्तन नरहेको बताउँदै चीन र अमेरिका बीचको व्यापारिक छलफल स्थगन नभएमा त्यस छलफलबाट उपलब्धि प्राप्त गर्नसकिने र आपसी हितयुक्त तथा साझा विजय पाउनसक्ने आशा चीनले गरेको बताउनुभएको छ।

मार्च १५ तारिख पैचिङमा सम्पन्न तेह्रौं राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनपछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री लीले उक्त कुरा बताउनुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, चीन र अमेरिका बीचको दौत्य सम्बन्ध कायम भएयता दुवै देशको सम्बन्ध यथावत् रुपमा अघि बढ्नुका साथै उल्लेखनीय उपलब्धि प्राप्त भएको छ। त्यस क्रममा केही कठिनाई देखा परे तापनि सँगसँगै मिलेर अघि बढ्दै जाने प्रवृत्ति कहिल्यै पनि फेरिएको छैन।

जानकारी तथा लेखहरु