फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियन कम्पनीले चारपांग्रे गाडी नेपालमै बनाउने

(GMT+08:00) 2019-03-16 16:14:34
नेपाल सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेको छ। शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनी मोट्रेक्सले नेपालमा ल्याउन लागेको १० अर्ब बढीको लगानी स्वीकृत गरेको छ।

कोरियन कम्पनीले १० अर्ब ५४ करोड खर्चेर 'भेहिकल एसेम्बलिङ प्लान्ट'निर्माण गर्ने प्रस्ताव बोर्ड समक्ष गरेको अनलाइनखबर डटकमले लेखेको छ। शुक्रबार साँझ प्रधानमन्त्रीको अध्यक्षमा बसेको बोर्ड बैठकले यो लगानीलाई स्वीकृत गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिएका छन्।

यसअघि नेपालमा गोल्छा समूहको हुलास मोटर्सले चारपांग्रे सवारीको एसेम्बलिङ गरेको थियो। हाल सो कम्पनीबाट गाडीको उत्पादन बन्द भइसकेको छ। यही कम्पनीले बनाएको मुस्ताङ ब्राण्डको सो गाडी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेका थिए।

त्यसअघि कम्पनीले 'शेर्पा'नामको गाडी नेपालमै एसेम्बल गरेको थियो। नेपालमा हाल दुई पांग्रे गोल्छा समूहकै अगुवाईमा बजाजका केही बाइकहरु एसेम्बलिङ हुने गरेका छन्।

जानकारी तथा लेखहरु