फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्राइस्टचर्चमाको दुःखद घटना पश्चात् चीनका राष्ट्राध्यक्ष र प्रधानमन्त्रीद्वारा न्युजिल्याण्डका राज्यपालसँग टेलिफोन संवार्ता

(GMT+08:00) 2019-03-16 16:17:59
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च १५ तारिख न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको अन्धाधुन्ध गोली आक्रमणको दुःखद घटनापछि न्युजिल्याण्डका राज्यपाल जसिण्डा आर्डेनलाई टेलिफोन गर्दै समवेदना व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले क्राइस्टचर्चमा भएको उक्त आक्रमणबाट धेरैको मृत्यु र साथै धेरै नागरिक घाइते भएकाले चिनियाँ सरकार र जनताको तर्फबाट न्युजिल्याण्ड सरकार र जनतालाई गहिरो सहानुभूति र समवेदना व्यक्त गर्नुभयो। साथै मृतकलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ।

सोहि दिन प्रधानमन्त्री ली ख छ्याङले पनि न्युजिल्याण्डका राज्यपाल जसिण्डा आर्डेनलाई टेलिफोन गर्दै समवेदना व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु