फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्वारा लागू पदार्थ समस्याको समाधान गर्न अन्तर्राष्ट्रिय समाजलाई आह्वान

(GMT+08:00) 2019-03-16 18:39:15
चीनको राष्ट्रिय लागू पदार्थ निषेध परिषद्का उप महासचिव वै स्याउ च्युनले हालै संयुक्त राष्ट्र संघको नार्कोटिक पदार्थ परिषद्को सम्मेलनमा सहभागी हुँदै सँगै मिलेर लागू पदार्थ समस्याको नियन्त्रण र समाधान गर्न समस्त अन्तर्राष्ट्रिय समाजलाई आह्वान गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

महासचिव वैले १४ तारिख ६२ औँ संयुक्त राष्ट्र संघको नार्कोटिक पदार्थ परिषद्को उच्चस्तरीय सम्मेलनको सामान्य बहसलाई सम्बोधन गर्दै उक्त आह्वान गर्नुभएको हो। उहाँको सम्बोधनप्रति विभिन्न पक्षहरूले उच्च ध्यान दिनुका साथै त्यसलाई विस्तृत रुपमा स्वीकार गरेका छन्।

यसका अतिरिक्त चिनियाँ प्रतिनिधि मण्डलले "पहिलेको पुन:सिंहावलोकन" र "भविष्यतिर उन्मूख" शीर्षकका दुईवटा गोलमेच सम्मेलनमा सहभागी हुँदै क्रमशः सम्बोधन पनि गरेको छ।

जानकारी तथा लेखहरु