फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टमा पहिलो अरब-अफ्रिकन युवा मञ्च शुरु

(GMT+08:00) 2019-03-17 16:43:22
पहिलो अरब-अफ्रिकन युवा मञ्च हिजो मार्च १६ तारिख इजिप्टको दक्षिणी भागस्थित आस्वान शहरमा शुरु भएको छ। सो मञ्चका मुख्य विषयहरु विज्ञान तथा प्रबिधिको आविश्कार,चिकित्सा प्रत्याभूति तथा संयुक्त सहयोग रहेका छन्।

इजिप्टका राष्ट्रपति अब्देल फाताह एल सिसी तथा अफ्रिकी संघका अध्यक्ष मौसा फाकी उद्घाटन समारोहमा सहभागी हुनुभयो। अब्देल सिसीले अरब क्षेत्र तथा अफ्रिकी मुख्यभूमिको विश्वमा सबैभन्दा बढी भिडन्त देखा परेको भन्दै भिडन्तरहित भविश्यका लागि इजिप्टले युवाहरुलाई प्राथमिकतामा राखेर उनीहरुलाई सार्वजनिक ठाउँ प्रदान गरेको जानकारी दिनुभयो।

त्यसै गरी मौसा फाकीले अफ्रिकी युवकहरु र अरब युवाहरु सामु समान चुनौति देखा परेको भन्दै सो मञ्चले उनीहरु बीचमा छलफल राम्रो तरिका प्रदान गरेको बताउनुभयो।

अरब-अफ्रिकन युवा मञ्च इजिप्टका राष्ट्रपति अब्देल सिसीले सन् २०१८ को नोभेम्बरमा इजिप्टको शार्म एलशायकमा आयोजित दोस्रो विश्व युवा मञ्चमा प्रस्ताव गर्नु भएको हो। तीन दिनसम्म चल्ने पहिलो अरब-अफ्रिकन युवक मञ्चमा अरब जगत तथा अफ्रिकी मुलुकका १५०० जना युवा प्रतिनिधि सहभागी भएका छन्।

जानकारी तथा लेखहरु