फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तान सेनाद्वारा ५१ जना सशस्त्र विद्रोही मारिए

(GMT+08:00) 2019-03-17 16:43:44
अफगानिस्तान सेनाले हिजो मार्च सोह्र तारिख एउटा विवरण सार्वजनिक गर्दै विगत चौब्बीस घण्टामा अफगानिस्तान सेनाले बादघिस प्रान्तको बाला मुर्घाब क्षेत्रमा ५१ जना सशस्त्र विद्रोहीलाई मारेको छ।

उक्त विवरणको अनुसार, अफगानिस्तान सेनाले पन्ध्र तारिखदेखि हवाई आक्रमण र तोप प्रहारमार्फत सशस्त्र विद्रोहीमाथि प्रहार गर्दै आएको छ। अहिलेसम्म प्रहारबाट ५१ जना सशस्त्र विद्रोहीको मृत्यु हुनुका साथै धेरै जनाले घाइते भएका छन्।

तालिवानले अहिलेसम्म यसका लागि कुनै पनि प्रतिक्रिया व्यक्त गरेको छैन।

बादघिस प्रान्तका अधिकांश राजमार्ग पाकिस्तानको उत्तर र पश्चिम भागमा जोडिएका छन्। केही वर्षयता, तालिवान सशस्त्र समूहले निरन्तर रुपमा उक्त प्रान्तमा प्रवेश गरी कयौँ पटक आक्रमण गरेको थियो।

जानकारी तथा लेखहरु