फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्ध एयरले जेष्ठ १३ देखि कोलकाता उडान गर्ने

(GMT+08:00) 2019-03-17 16:51:23
नेपालको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेष्ठ १३ देखि कोलकाता उडान गर्ने भएको छ। यसअघि वैशाख २ देखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। बुद्धले कोलकाता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित तीन उडान भर्नेछ। उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ।

भारतमा लोकसभा निर्वाचन यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ। भारतीय यात्रुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेज पनि सञ्चालन गर्नेछ। यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार–प्रसार गरिरहेको छ।

नेपाली यात्रुहरूका लागि पनि कोलकाता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको कम्पनीले जनाएको छ। बुद्ध एयरसँग अहिले ६ वटा एटिआर ७२–५००, तीन वटा एटिआर ४२–३२० र दुई वटाबीच क्राफ्ट जहाज सञ्चालनमा छन्। थप एटीआर–७२ जहाज अर्को महीनादेखि सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु