फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सरकारी प्रतिबेदनको सिंगापुरका विद्वानद्वारा उच्च मूल्याङ्कन

(GMT+08:00) 2019-03-17 18:47:54
तेह्रौँ राष्ट्रिय जन कंग्रेसको दोस्रो अधिवेशन मार्च १५ तारिख विहान पैचिङमा सम्पन्न भयो। त्यसपछि चीनका प्रधानमन्त्री ली ख छ्याङले चिनियाँ तथा विदेशी पत्रकारहरुसँग कुराकानी गर्नुभयो। सिंगापुरको राष्ट्रिय विश्व विद्यालय अन्तर्गत चीनको व्यापार अध्ययन केन्द्रका प्रमुख प्राध्यापक फु छ्याङले चालु वर्षको सरकारी प्रतिबेदन तथा प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा चीन सरकारले धेरै सक्रिय संकेत दिएको महसुस गरेको बताउनुभयो।

प्राध्यापक फु छ्याङले चालु वर्ष विश्वको आर्थिक विकासको भविश्य यथावत रुपमा स्पष्ट नभएको र चीनको अर्थतन्त्र ह्रास हुनसक्ने दबाव भएतापनि चीन सरकारले यी समस्याहरुको समाधान गर्ने उपाय प्रदान गरिसकेको ठहर गर्नुभयो।

प्राध्यापक फु छ्याङले सबैभन्दा प्रभावित कुरा करलाई घटाउने चीन सरकारको संकल्प हो भन्ने कुरामा जोड दिनुभयो। उहाँले राष्ट्रिय जन कंग्रेसको अधिवेशनमा बैदेशिक व्यापारी चीनमा लगानी गर्ने कानुन पारित भएको कुरा चालू वर्षको दुई अधिवेशनको अर्को चर्चित विषय भएको ठहर पनि गर्नुभयो।

जानकारी तथा लेखहरु