फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुडानका राष्ट्रपतिद्बारा रुससँगको सम्बन्धलाई सबल पार्ने आशा

(GMT+08:00) 2019-03-17 19:39:46
सुडानका राष्ट्रपति ओमार हसान अल बाशिरले मार्च १६ तारिख त्यहाँ भ्रमणमा रहनुभएका रुसी पदाधिकारीसँग भेटघाट गर्दै सुडानले रुससँगको सम्बन्धलाई सबल पार्ने आशा व्यक्त गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

सुडानको राष्ट्रपति भवनले प्रकाशित गरेको बक्तव्य अनुसार, राष्ट्रपति बाशिरले हिजै कार्टुममा रुसी उप विदेश मन्त्री एवं मध्य-पूर्व समस्या सम्बन्धी विशेष प्रतिनिधि मिक्हैल बोग्दानोभसँग भेटघाट गर्नुभएको थियो। भेटका अवसरमा राष्ट्रपति बाशिरले राजनीतिक, आर्थिक र व्यापारिक आदि क्षेत्रमा दुवै देश बीचको आपसी सहयोगलाई सबल पार्नु नै दुवै पक्षको साझा हित अनुकूल हुने कुरा औँल्याउनुभएको छ।

पहिलो रुस-अफ्रिका शिखर सम्मेलन चालु वर्षको अक्टोबरमा रुसको सोचीमा आयोजना हुनेछ। उप विदेश मन्त्री बोग्दानोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणालाई राष्ट्रपति बाहिरसमक्ष हस्तान्तरण गर्नुभएको छ।

जानकारी तथा लेखहरु