फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा यस वर्ष पनि रङ्गहरूको पर्व फागु पूर्णिमा महोत्सव

(GMT+08:00) 2019-03-18 16:16:27

यस वर्षको फागु पूर्णिमा (होली) पर्व पनि रेस्टुरेन्ट तथा बार एसोसियसन (रेबान) पोखराले विशेष कार्यक्रम गरेर मनाउने भएको छ। पोखरा आएका स्वदेशी तथा विदेशी पर्यटकसँग रङको पर्व मनाउन थालेको १३ औं वर्ष भइसकेको अनलाइनखबरले लेखेको छ।

चैत ६ गते संस्थाले पर्यटकसँग धुमधामले महोत्सव गर्ने तयारीमा छ। संस्थाले होलीमा रङमात्रै खेलाउँदैन, पञ्जेबाजा बजाएरै रमाइलो गर्ने वातावरण मिलाउँछ। यसपटकको होलीमा पनि बाजागाजासहित पर्यटकसँग होली खेल्न महोत्सव आयोजना गर्न लागेको आइतबार संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

'स्वदेशी तथा विदेशी पर्यटकलाई सामुहिक होली खेल्ने व्यवस्था मिलाएका छौं,' संस्थाका अध्यक्ष लक्ष्मण बरालले भन्नुभयो, 'यसले हाम्रो पुरानो संस्कृति तथा परम्पराबारे समेत पर्यटकलाई जानकारी हुन्छ।' संस्थाले होली महोत्सव लेकसाइड केन्द्रित गरेको छ। होलीकै अवसरमा पोखरा सांगीतिक कलाकार संघले समेत सांगीतिक प्रस्तुति दिने भएको छ। नयाँ, पुराना ब्यान्ड तथा कलारसँग यो वर्षको होली मनाउने तयारीमा संस्था लागेको अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो।

कार्यक्रम लेकसाइड हल्लनचौकस्थित क्याम्पिङ चौरमा हुनेछ। संस्थाले होलीको रमाइलोसँगै सांस्कृतिक पर्यटन प्रवद्र्धन कार्यक्रमबाट हुने अपेक्षा राखेको छ। कार्यक्रबाट १४ लाख संकलन गरी ८ लाख बचत गर्ने लक्ष्या राखिएको आयोजकले जनाएको छ।

जानकारी तथा लेखहरु