फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङ्गको आतंकवाद प्रतिरोध तथा मानव अधिकारको प्रत्याभूति विषयक श्वेतपत्र सार्वजनिक

(GMT+08:00) 2019-03-18 16:17:20

चीनको राज्य परिषदको प्रेस कार्यालयले आज अठार तारिख 《सिन्च्याङ्गको आतंकवाद प्रतिरोध, चरमपन्थी उन्मूलन युद्ध र मानव अधिकारको प्रत्याभूति》विषयक श्वेतपत्र सार्वजनिक गरेको छ। यस श्वेतपत्रका अनुसार आतंकवाद मानव जातिको साझा शत्रु हो भने अन्तर्राष्ट्रिय समाजद्वारा संयुक्त प्रहार गरिएको लक्ष्य पनि हो। हिंसात्मक गतिविधि, धम्की आदि माध्यममार्फत् मानव अधिकारको उल्लंघन तथा निर्दोषमाथि आतंकवादी शक्तिले सार्वजनिक सुरक्षामा गम्भीर खतरा पुर्‍याएको छ। चीन सरकारले कुनै पनि आंतकवादी गतिविधि र चरमपन्थको विरोध गर्दै आतंकवाद तथा चरमपन्थको प्रचारप्रसार र आतंकवादी गतिविधिको योजना, सांगठनिक गतिविधिमाथि कडा प्रहार गर्नेछ।

केही समययता पृथकतावादी शक्ति,धार्मिक चरमपन्थी, हिंसात्मक आतंकवादी शक्तिले चीनको सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशमा गहिरो प्रभाव पार्दै आएको देखिन्छ जसबाट विभिन्न जातिको जनधनमा गम्भीर खतरा पुर्‍याइएको छ। यी वास्तविक खतराका लागि सिन्च्याङ्गले कानूनबमोजिम आतंकवादको प्रतिरोध र चरमपन्थी गतिविधि हटाउने सवालमा प्रभावकारी रुपमा रोकेको छ।

चीन कानूनी समाजवादी शासन मुलुक हो। मानव अधिकारको सम्मान र संरक्षण चीनको संविधान हो। चीनको सिन्च्याङ्गको आतंकवाद प्रतिरोध र चरमपन्थीको अन्त्य नै अन्तर्राष्ट्रिय समाजको आतंकवाद प्रतिरोधको महत्वपूर्ण भाग हो भने संयुक्त राष्ट्र संघले आतंकवादमाथि प्रहार र आधारभूत मानव अधिकारको संरक्षण गर्ने सिन्द्धान्त अनुकूल पनि छ।

जानकारी तथा लेखहरु