फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवौँ राष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा हुने

(GMT+08:00) 2019-03-20 16:25:45

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी वैशाख २ गते नवौँ राष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा गर्ने भएको छ। उक्त प्रदर्शनीमा देशभरका कलाकारले सिर्जना गरेका आधुनिक तथा परम्परागत चित्रकला, आधुनिक तथा परम्परागत मूर्तिकला, लोककला, हस्तकला र अन्य सिर्जनात्मक कला समावेश गरिने गोरखापत्र अनलाइनले जनाएको छ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीलाई सम्पन्न गर्न कुलपति केके कर्माचार्यको अध्यक्षतामा ६७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिइयो। कुलपति कर्माचार्यले प्रदर्शनीका लागि सहभागी गराइने कलाकृति दुई वर्षभित्र रचना गरेको र राष्ट्रियस्तरको प्रदर्शनीमा समावेश नभएको हुनपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।

प्रदर्शनीमा सहभागी हुने कलाकारले यही चैत १५ गतेभित्र प्रतिष्ठानमा सिर्जना पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक विधामा एक जनालाई नगद रु ६० हजार राष्ट्रिय ललितकला पुरस्कार र दुई जनालाई नगद रु २५ हजारको विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

प्रत्येक प्रदेशबाट एक÷एक जनालाई नगद रु २५ हजारको प्रदेश विशेष पुरस्कार प्रदान गरिने छ । साथै नगद रु २५ हजारको ललितकला लेखन पुरस्कार तथा सोही राशिको ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने छ।

जानकारी तथा लेखहरु