फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको निजी क्षेत्रको बुद्ध एयरका विमानको संख्या बाह्र

(GMT+08:00) 2019-03-20 16:26:28

निजी क्षेत्रको सर्वाधिक यात्रु उडान गर्ने बुद्ध एयरले १ अर्ब हाराहारीमा फ्रेन्च-इटालियन एटीआर ७२-५०० विमान थपेको छ। फ्रान्सको टुलुज शहरबाट बिहीबार उडेको विमान सोमबार बेलुकी काठमाडौंमा अवतरण भएको थियो। उक्त विमान फ्रान्सबाट माल्टा, कायरो, दुबई, अमाहवाद हुँदै काठमाडौं आइपुगेको कान्तिपुर अनलाइनले जनाएको छ।

बुद्ध एयरका अनुसार, अल्फा याँकी माइक नेपाली कल साइन भएको योसहित बुद्धसँग १२ वटा विमान भएका छन्। नामसारी लगायतका सरकारी प्रक्रिया मिलाउन उनीहरुसँगैं नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा विभागका इन्जिनियर रितेशराज पन्तको टोली फागुन ४ गते काठमाडौंबाट त्यता गएको थियो।

बुद्धले एटीआरसँग किनेको यो एटीआर यसअघि फ्रान्सेली प्रवासी क्षेत्रमा पर्ने ताहीतीस्थित एयर ताहीतीले उडाउँदै आएको थियो। २००७ मे देखि यो विमान उडाउँदै आएको ताहीतीले एटीआरबाट २ अर्ब ७५ करोड रुपैया हाराहारी पर्ने नयाँ संस्करणको एटीआर ६००-७२ खरिद गरेपछि एटीआरले यो विमानको एक महिनाअघि स्वामित्व लिएको थियो।

अधिकतम उडान भार २२ हजार ५ सय केजी रहेको यो संस्करणको विमानमा क्यानेडियन टर्बोप्रोप पिडब्लू१२७ इन्जिन हुन्छ। क्षेत्रीय शहर र क्रस-बोर्डरकालागि यो विमान पछिल्लोपटक विश्वभर उड्डयन व्यवसायीहरुले रुचाएको उत्पादनमध्ये पर्छ। नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडानमा प्रयोग गर्ने बुद्ध हो। यसपछि यती एयरलाइन्ससँग तीनवटा छन्।

जानकारी तथा लेखहरु