फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र इटलीका नेताबीचको वार्ताबाट फुलेको पूर्वीय र पश्चिमी दुई साँस्कृतिक मुलुकबीचको नयाँ फूल

(GMT+08:00) 2019-03-23 14:19:16

बाईस तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले इटलीको औपचारिक भ्रमण शुरु गर्नुभयो। इटलीमा क्रमवद्ध कूटनीतिक गतिविधिहरुबाट पूर्वीय र पश्चिमी दुई प्राचीन सँस्कृति भएका मुलुकबीच नयाँ फूल फुलेको छ।

बाईस तारिखका दिन चीनका राष्ट्राध्यक्ष सीले इटलीका राष्ट्रपति सेर्गियो माटारेलासँग भेट-वार्ता गर्नुभयो। राष्ट्राध्यक्ष सीले चीन र इटली धनी सँस्कृति रहेका पुराना मुलुक भएको बताउँदै दुवै पक्षले साँस्कृतिक, शैक्षिक, मिडिया आदि क्षेत्रमा आदान-प्रदानलाई सबल पार्नुपर्ने बताउनुभयो। राष्ट्रपति माटारेलाले हाल मानवीय समाजको चुनौतीहरू दुई मुलुकका जनताको पर्याप्त बौद्धिकताले सामना गर्न सकिने बताउनुभयो।

सन् 2020 चीन र इटलीबीच दौत्य सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सव हो। यो वातावरणमा राष्ट्राध्यक्षको पदमा सीले पहिलो पटक इटलीको भ्रमण गर्नुभयो। उहाँले मैत्रीवत् इटलीका मानिसहरुसँग संयुक्त प्रयास गर्दै आपसी सहयोग साझा समृद्धि, "एक पेटी एक मार्ग"बाट सहयोगलाई विस्तार गर्ने आशा व्यक्त गर्नुभयो।

राष्ट्रपति माटारेलाले इटलीले "एक पेटी एक मार्ग" प्रस्तावलाई समर्थन गरेको छ, यसबाट यूरोप र एशियाबीचको अन्तरसंजाल र साझा विकासलाई सबल पार्ने बताउनुभयो।

इटलीका धेरै मुख्य संचारमाध्यमले राष्ट्राध्यक्ष सीको भ्रमणको प्रचार प्रसार गरेका छन्। "कोरेरे तले सेरा" र "ला रिपब्लिक" ले लेख प्रकाशित गर्दै राष्ट्राध्यक्ष सी र राष्ट्रपति माटारेलाबीचको भेट-वार्ताबारे जानकारी दिएका छन्। इटली "अंश" समाचार एजेन्सीले आफ्नो वेबसाइटमा "राष्ट्राध्यक्ष सीको भेटवार्तापछि राष्ट्रपति माटारेलाले "नयाँ सिल्क रोड" स्मृति पुस्तिकाप्रति सराहना" शीर्षकको लेख प्रकाशित गरेको छ।

जानकारी तथा लेखहरु