फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा इटलीका सभामुखसँग भेटवार्ता

(GMT+08:00) 2019-03-23 14:43:35

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बाइस तारिख रोममा इटलीका सभामुख रोबर्टो फिकोसँग भेट गर्नुभएको छ।

सो अवसरमा सी चिन फिङले विधान एकाइको आदान-प्रदान र सहयोग नै दुई देश जनताबीच बुझाइ र मित्रता बढाउने महत्वपूर्ण च्यानल रहेको भन्दै दुई देश विधान एकाइले विधान, देश शासनलगायत अनुभव बाँड्न चीनले समर्थन दिएको व्यक्त गर्नुभयो। इटली प्रतिनिधिसभाले दुई पक्षबीचको व्यवहारिक सहयोग र मानव आवत-जावतको लागि कानूनी तथा नैतिक शर्त प्रदान गर्नसक्ने आशा चीनले लिएको पनि सीले उल्लेख गर्नुभयो।

फिकोले इटली प्रतिनिधिसभाले बेल्ट एन्ड रोड प्रारुपमा इटली र चीनबीच आर्थिक तथा व्यापारिक, मानवीय तथा साँस्कृतिक आदान-प्रदान तथा सहयोग, जलवायु परिवर्तन लगायत विश्व मामिलाको सामना गर्ने सल्लाह तथा समन्वय, युरोप लिग र चीनबीचको सहयोग र सम्बन्धलाई बढाउने धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु