फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोममा चीन र इटलीका आदान-प्रदान कार्यक्रमहरुको आयोजना

(GMT+08:00) 2019-03-23 14:43:55

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले इटलीको राजकीय भ्रमण गर्नुभएको अवसरमा इटलीको राजधानी रोममा चीन-इटली साँस्कृतिक, कला, मिडिया आदान-प्रदान कार्यक्रमहरुको आयोजना भएको छ। दुई देशका व्यक्तिले डिजाइन, मिडिया, प्रदर्शनी, फोटोग्राफलगायत क्षेत्रबारे आदान-प्रदान गरी आपसी बुझाइ र मित्रतालाई बढाएको छ।

यसैबीच चीन-इटली मिडिया वार्ता शीर्षकको कार्यक्रमको आयोजना भएको छ भने चीन र इटलीका मिडिया र सो क्षेत्रका विशेषज्ञ लगायत दुई सय जना कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। जनदैनिक अखबार, सिन ह्वा समाचार समिति, चाइना मिडिया ग्रुपलगायत चिनियाँ मिडिया र इटली राष्ट्रिय रेडियो तथा टेलिभिजन कम्पनि, मिडियासेट रेडियो कम्पनिलगायत इटली मिडियाका प्रतिनिधिले सम्बोधन गरी बेल्ट एन्ड रोड प्रारुपमा दुई देशबीचको आपसी हितयुक्त सहयोगको भविष्य उज्यालो हुने विचार लिएका छन्।

यसबाहेक चीन डिजाइन शीर्ष प्रदर्शनी, चीन बुझाइ शीर्षक कन्सर्ट, फोटोबाट चीन प्रदर्शनी आदि कार्यक्रम पनि आयोजना भएको छ।

जानकारी तथा लेखहरु