फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानी सम्मेलनमा ३८ मुलुकका ६ सय भन्दा बढी लगानीकर्ता सहभागी हुने निश्चित

(GMT+08:00) 2019-03-23 14:44:38

अर्को साता हुने लगानी सम्मेलनमा ३८ मुलुकका ६ सय भन्दा बढी लगानीकर्ताले सहभागिता जनाउने भएका छन्। हालसम्म ६ सय ३० जनाको सहभागिता हुने पक्का भइसकेको लगानी बोर्डले जनाएको छ, जुन संख्या अझै बढ्न सक्छ।

बोर्डले सम्मेलनका लागि ८ सयभन्दा बढी लगानीकर्तालाई निम्ता पठाएको थियो। बोर्डका एक उच्च अधिकारीले भने, 'शुक्रबारसम्म ६ सय ३० जनाको तय भएको छ, सम्मेलन आउन अझै समय बाँकी रहेकाले यो संख्या थपिने छ ।' यस्तै १६० जनाभन्दा बढी नेपाली लगानीकर्ता सहभागी हुनेछन्।

सम्मेलनको चैत १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। लगानी बोर्डकाअनुसार उद्घाटन सत्रमा ८ जना वक्ता रहेछन्। सम्मेलनमा वक्ताको रुपमा भने ४० विदेशी हुनेछ अनलाइनखबरले लेखेको छ।

१५ गते हुने उद्घाटन शत्रको अध्यक्षता प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष ओलीले गर्ने कार्यक्रम छ। त्यसै दिन अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका यूनियन मन्त्री उ ताउन टून, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष शाहाद नासिम, दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोट र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी वक्ता छन् ।

उद्घाटन पश्चात विभिन्न समूह बनाएर लगानीसम्बन्धी छलफल गर्ने कार्यक्रम छ। यस सत्रमा नेपालमा लगानीका सम्भावनाका विषयमा प्रस्तुति राखिनेछ।

जानकारी तथा लेखहरु