फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा पुष्प मेला सुरु

(GMT+08:00) 2019-03-23 14:45:16

काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला सुरु भएको छ। २२ औँ पुष्प मेला मार्फत् पुष्प व्यवसायको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो। उहाँले पुष्प मेलालगायतका मेलाहरुको प्रर्दशनीका लागि तत्काल प्रर्दशनी स्थलको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो।

भृकुटीमण्डपमा रहेको प्रर्दशनी स्थलको भौतिक पूर्वाधार समेत जीर्ण रहेकाले पनि सरकारले प्रर्दशनीका लागि छुट्टै स्थलको व्यवस्था गर्न ढिलाई गर्न नहुने उहाँको भनाई थियो।

'स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय' भन्ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा ४८ वटा स्टल रहेका छन।

आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। ३ दिनसम्म चल्ने मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ।

जानकारी तथा लेखहरु