फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इटलीका राष्ट्रपति माटारेलाबीच भेटवार्ता

(GMT+08:00) 2019-03-23 14:51:07

चीनका राष्ट्रपति सी चिनफिङले बाइस तारिख रोममा इटलीका राष्ट्रपति सेर्गियो माटारेलासँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा दुई नेताले रणनीतिक तथा दीर्घकालीन दृष्टकोणबाट चीन-इटाली सम्बन्धमा विकासको दिशा लिएर नयाँ अवधिमा चीन-इटली चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको अझ वृहत् विकासलाई संयुक्त रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभयो।

राष्ट्राध्यक्ष सीले दुई पक्षले सहयोगकालाई महत्व दिएर संयुक्त रुपमा बेल्ट एन्ड रोडको निर्माण गरी रणनीतिक जडान र व्यवहारिक सहयोगलाई बढाउनुपर्ने दोहोर्‍याउनुभयो। उहाँले युरोपको एकीकरण प्रकृयामा चीन अडिग रहिरहेको भन्दै इटालीले सक्रिय भूमिका निर्वाह गरी युरोप लिग र चीनबीचको शान्ति, वृद्धि, सुधार र सभ्यता यी चार साझेदारी सम्बन्धको स्थापना गर्ने आशा चीनले लिएको उल्लेख गर्नुभयो।

प्रत्युत्तरमा माटारेलाले चीन-इटाली घनिष्ठ तथा महत्वपूर्ण साझेदारी रहेको भन्दै इटालीले राष्ट्राध्यक्ष सीको बेल्ट एन्ड रोड इनिशिएटिभको समर्थन दिएको जसले युरोप र एशियाबीचको अन्तर्क्रिया र सं‍युक्त विकासलाई फाइदा पुर्‍याउने इटलीको विश्वास रहेको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु