फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तर्राष्ट्रिय विकास तथा सहयोग विभागका उप-प्रमुख तङ पो छिङको नेपाल भ्रमण

(GMT+08:00) 2019-03-23 14:52:11

नेपालस्थित अर्थ मन्त्रालयको निमन्त्रणामा चीनको अन्तर्राष्ट्रिय विकास तथा सहयोग विभागका उप-प्रमुख तङ पो छिङको नेतृत्वका प्रतिनिधिले मार्च उन्नाईस तारिखदेखि बाईस तारिखसम्म नेपालको भ्रमण गरेका छन्। भ्रमणको अवसरमा उपप्रमुख तङ पो छिङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट-वार्ता गर्नुभएको छ भने अर्थमन्त्री युवराज खतिवडासँग भेट-वार्ता गर्नुभयो। नेपालको प्रकोपपछिको पुनःनिर्माण व्यूरोका प्रमुख सुशील ज्ञवालीको भोजमा पनि उहाँ सहभागी हुनुभयो।

अर्थमन्त्रीसँगको भेट-वार्तामा उप-प्रमुख तङले चीन र नेपाल दौत्य सम्बन्ध स्थापना भएपछि चिनियाँ कम्युनिष्ट पार्टी अठारौं महाधिवेशनदेखि चीनद्वारा नेपाललाई दिइएको सहायताबारे जानकारी दिनुभयो। उहाँले दुवै पक्षले घनिष्ट सहयोग गर्दै जनजीवन सम्बन्धि क्षेत्रमा सहायता सबल पार्ने बताउनुभयो।

उपप्रमुख तङले चीनको सहायताता निर्मित दरबार हाइस्कूलको पुनःनिर्माण योजना, निजामति अस्पतालको स्तरोन्नति योजना, काठमाण्डौं वसन्तपुर स्क्वायरस्थित मन्दिर पुनःनिर्माण योजना आदि प्रकोपपछिको पुनःनिर्माण योजनाको निरीक्षण गर्नुभयो।

नेपलाका लागि चिनियाँ राजदूत हौ येन छि, राजदूतावासका वाणिज्य काउन्सिलर चाङ फाङ लगायत उक्त गतिविधिमा सहभागी हुनुभयो।

जानकारी तथा लेखहरु