फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र इटलीद्वारा प्राचीन सिल्क रोडमा नयाँ जीवनशक्ति प्रदान

(GMT+08:00) 2019-03-23 15:44:50

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बाइस तारिख इटलीको भ्रमण थाल्नुभयो। सो अवसरमा इटलीका राजनीतिक, व्यापारिक, साँस्कृतिक, मिडिया क्षेत्रले सी चिन फिङको बेल्ट एन्ड रोड इनिसियटिभमा निकै ध्यान दिनुका साथै सक्रिय मूल्याङ्कन गरेका छन्। उनीहरुको विचारमा बेल्ट एन्ड रोडले युरोप-एशिया अन्तर्क्रिया र संयुक्त विकासमा मद्दत पुर्‍याएर प्राचीन सिल्क रोडलाई नयाँ जीवनशक्ति दिनसक्नेछ। जसबाट तेइस तारिख हस्ताक्षर हुने बेल्ट एन्ड रोड सहयोग समझदारी सम्झौताको लागि सक्रिय संकेत देखाइएको छ।

इटलीका प्रधानमन्त्री गियुसेपे कोन्टेले संसदसमक्ष भाषण दिँदै चीनको बेल्ट एन्ड रोड इनिसियटिभले ल्याएको आर्थिक तथा व्यापारिक हितको वैधानिकता र इटलीको राष्ट्रिय हित अनुकूल रहेको विचार व्यक्त गर्नुभयो। उहाँका अनुसार, नयाँ व्यापारिक लाइनमा घुमाउने भन्दा इटलीको बन्दरगाह नयाँ सिल्क रोडको प्राकृतिक गन्तव्य हुनसक्छ अनि सो भौगोलिक स्थानबाट फाइदा पाउनसकिन्छ।

स्पष्ट छ आर्थिक विकास र साझा समृद्धिको बाटोमा इटलीले चीनसँग सहयोग गरी बेल्ट एन्ड रोडको निर्माणमा भाग लिने निर्णय गरिसकेको छ। व्यवहारिक विकास कार्यक्रम र रकम प्रदान गर्न नसक्ने वा नगर्नेहरुले इटलीको विकासको रोक्न छोडिदिनुस् न।

जानकारी तथा लेखहरु