फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ हस्ताक्षरित लेख फ्रान्सेली मिडियामा

(GMT+08:00) 2019-03-23 18:30:56

तेईस तारिख फ्रान्सको राजकीय भ्रमणअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फ्रान्सको "ले फिगारो" अखबारमा "साझा विकासको बाटोमा संयुक्त रुपमा अघि बढौं" विषयक हस्ताक्षरित लेख प्रकाशित गर्नुभयो।

लेखमा राष्ट्रपति इम्मानुअल म्याक्रोनको निमन्त्रणामा दोस्रो पटक फ्रान्सको भ्रमण हुने जनाइएको छ। यस वर्ष चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापनाको 55औं वार्षिकोत्सव हो। दुवै मुलुकबीचको सम्बन्ध अझ स्थिर रुपमा विकसित पार्रने, आपसी साझा हितको सहयोग विस्तारलाई सबल पार्ने, दुवै मुलुकले मानव सँस्कृति आदान-प्रदानलाई अझ बढाउने आशा लेखमा गरिएको छ।

लेखमा सीले चीन र फ्रान्स विशेष साझा जीत साझेदारीको प्रसंग उठाउँदै चीन-फ्रान्स चौतर्फी रणनैतिक साझेदार भएको उल्लेख गर्नुभयो। चीनले फ्रान्ससँगै ऐतिहासिक मौका पक्रेर रणनैतिक विश्वास बढाउने, साझा विकास साझा समृद्धिको बाटोमा संयुक्त रुपमा अगाडि जाने सोचेको छ।

उहाँले चीन र फ्रान्सले स्वतन्त्र, पारस्परिक सम्मान, खुलापन, साझा विजय, समावेशी र ठूला मुलुकको जिम्मेवारी लिनुपर्ने पनि लेख्नुभएको छ।

उहाँले नयाँ इतिहासको सुरूवात विन्दुमा दुवै मुलुकबीचको नयाँ ठूला उपलब्धि हासिल गर्न चीनले फ्रान्ससँगै अझै प्रयास गर्ने औंल्याउनुभयो।

जानकारी तथा लेखहरु