फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौ विश्वको उत्कृष्ट १९ औं गन्तव्य

(GMT+08:00) 2019-03-27 14:46:53

ट्रिप एडभाइजरको वार्षिक भ्रमणकर्ताहरुको छनौटको उत्कृष्ट गन्तव्यमा काठमाडौ १९ औ स्थानमा परेको छ। उत्कृष्ट २५ को सूचीमा दक्षिण एसियाबाट काठमाडौपछि भारतको जयपुर २० औं स्थानमा परेको छ। लन्डन पहिलो उत्कृष्ट गन्तव्य भएको छ। लाखौ समीक्षा र होटल, रेष्टुरा तथा आकर्षणको आधारमा ट्रिप एडभाइजरले यो सूची सार्वजनिक गरेको कारोबार अनलाइनले लेखेको छ। यो वर्ष दोस्रो स्थानमा पेरिस परेको छ भने रोम तेस्रो र क्रेट चौथो स्थानमा परेका छन्। भ्रमणकर्ताहरुको रोजाइमा लामो समयसम्म पर्दै आएको न्यूयोर्क भने यो वर्ष शीर्ष १० को सूचीमा पनि पर्न असफल भएको छ।

लन्डन गत वर्ष दोस्रो स्थानमा परेको थियो। ड्यूक प्एन्ड डचेस अफ ससेक्सको विवाहका कारण लन्डन पहिलो स्थानमा पर्न सफल भएको ट्रिपएडभाइजरले जनाएको छ।

ट्रिपएडभाइजरका प्रवक्ता हेली कोलेम्यानले भन्नुभएको छ "ह्यारी र मेघानको विवाहका कारण परेको प्रभाव यो २०१६ देखिकै पहिलो हो र यसले लन्डनलाई पहिलो स्थानमा ल्याउन सफल भएको छ।"

"यो जोडीको नयाँ शिशु विश्वमा आउने क्रममा रहेकाले २०२० मा पनि ह्यारी र मेघानको असर रहिरहने छ र लन्डनले यसबाट लाभ लिनेछ," उहाँको भनाइ थियो।

लोकप्रिय सहर बाली पाँचौ स्थानमा रहेको छ र थाइ रिसोर्ट अफ फुकेट छैटौ स्थानमा परेको छ। उत्कृष्ट १० को सूचीमा बार्सिलोना सातौ, इस्तानबुल आठौ, माराकेच नवौ र दुबई १० औं स्थानमा परेका छन्।

जानकारी तथा लेखहरु