फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली पत्रकार सम्मिलित एक टोलीद्वारा सीआरआईको भ्रमण

(GMT+08:00) 2019-03-27 14:54:13

विभिन्न देशका पत्रकार सम्मिलित एक टोलीले आज २७ तारिख चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई)को भ्रमण अवलोकन गरेका छन्।

उक्त टोलीमा नेपालको अङ्ग्रेजी राष्ट्रिय दैनिक द राईजिङ नेपालका प्रधान सम्पादक जगदिश पोखरेल तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका समसामयिक, परराष्ट्र तथा राजनीतिक मामिला प्रमुख चन्द्रशेखर अधिकारी पनि सम्मिलित छन्। यसै क्रममा सीआरआईसँगको कुराकानीमा पत्रकारद्वयले चीनको तीव्र विकासले निकै उत्साही बनाएको भन्दै छिमेकी देश नेपालले पनि मनग्य फाइदा उठाउनुपर्ने औंल्याए।

यसअघि टोलीसँगको भेटमा सीआरआईका उप-प्रधान सम्पादक रन छ्येनले संस्थाको परिचय दिँदै चीन विश्व आर्थिक क्षेत्रको शक्तिशाली राष्ट्र बनिसकेको र नवीन रेशममार्ग बीआरआईले सीमाजडित मुलुकसँगै विश्वका धेरै मुलुकसँग साझा हित र सहकार्यमा प्रगति गरिरहेको बताए।

उक्त पत्रकार टोली चिनियाँ परराष्ट्र मन्त्रालयको निमन्त्रणामा चीनको अन्तर्राष्ट्रिय व्यापार, प्रविधि तथा आर्थिक विकासका गतिविधि र बीआरआईको सम्बन्धमा अवलोकन तथा विचार आदानप्रदानको एक साता लामो भ्रमणमा आएका हुन्। टोलीले आजै छोङछिङ पुगी त्यहाँका विकाससम्बन्धमा पनि अवलोकन गर्ने बताइएको छ।

जानकारी तथा लेखहरु