फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा चिनियाँ पर्यटक पथप्रदर्शकका लागि चौथो तालिम

(GMT+08:00) 2019-03-27 18:55:58

नेपालमा चिनियाँ पर्यटक पथप्रदर्शकका लागि चौथो तालिम आज बुधबार काठमाडौँमा सुरु भएको छ। सत्तरीभन्दा बढी नेपालीहरु सो तालिममा सहभागी भएका छन्। उनीहरुलाई चिनियाँ भाषा सिकाएर व्यावसायिक पर्यटक पथप्रदर्शक बनाउने कार्यक्रमको उद्देश्य रहेको छ।

कार्यक्रमको उद्घाटनमा नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले चिनियाँ भाषाको महत्वबारे जानकारी दिनुभयो।

नेपालका लागि चिनियाँ राजदूत हौ यान छीले नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुको संख्या दिनप्रतिदिन बढ्दै आएकाले नेपालमा चिनियाँ भाषा बुझ्ने दक्ष व्यक्तिको ठूलो आवश्यकता रहेको कुरा औँल्याउनुभयो। उहाँले भन्नुभयो अन्य देशको भाषा सिक्नु सजिलो काम होइन। समय र उर्जा खर्च गर्नुपर्छ। तापनि एक मुलुकको भाषा सिकेर त्यो मुलुकको संस्कृतिमा चासो राख्रे र त्यो मुलुकको संस्कृतिको आदर गर्ने कार्यले दुई देशबीचमा भावनात्मक मित्रतालाई बढाउने मैले आशा लिएको छु।

थाहा भए अनुसार यस अघिका तीनवटा तालिमबाट १२० जना नेपालीहरुले चिनियाँ भाषा सिकेका थिए।

जानकारी तथा लेखहरु